संसद विघटनविरुद्ध ‘दाहाल-नेपाल’ समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने (भिडियोसहित) « Khabarhub

संसद विघटनविरुद्ध ‘दाहाल-नेपाल’ समूहले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने (भिडियोसहित)


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पुस १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बबरमहलमा बसेको केन्द्रीय कमिटिको बैठकले भोलि केन्द्रीय सदस्य, सासंदहरू लगायत माइतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्बाचन आयोगमा जाने र दिउसो २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने, १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने, १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने र १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले पुष २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने र काठमाडौँ लगायतका शहरहरूमा संसद विघटनविरुद्ध दैनिक आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय कमिटिको बैठकले प्रवक्ता नारायणकाजि श्रेष्ठको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय सघर्ष समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

हेरौँ भिडियो

गत आइतबार (५ पुसमा) प्रतिनिधिसभा विघटनपछि गत मंगलबारबाट नेकपाका दुई समूह (ओली र दाहाल-नेपाल) ले समानन्तररूपमा बैठक थालेका छन् ।

दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णयलाई तीव्रता दिँदै आएका छन् ।

अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

दाहाल-नेपाल समूहले पनि ओलीलाई पार्टीको अनुशासनको  कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ४ : २२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले