प्रधानसेनापतिद्वारा सेवा दलबाट दीक्षितहरुलाई राष्ट्रसेवामा जुट्न आग्रह « Khabarhub

प्रधानसेनापतिद्वारा सेवा दलबाट दीक्षितहरुलाई राष्ट्रसेवामा जुट्न आग्रह


९ पुस २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् ।

एनसीसी अल्मुनाई एशोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘युवासँग प्रधानसेनापति’ कार्यक्रममा उनले कोभिड–१९ प्रतिकार्यमा विविध समस्या, चुनौती, अभाव र शंसयबीच गरेको कार्यको प्रशंसा गरे ।

प्रधानसेनापति थापाले भने, “समाजका विकृति, बेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मूल गरी सुसंस्कृत र सभ्य समाज निर्माणको पनि सेवा दलबाट दीक्षित जनशक्तिले जिम्मेवारी बहन हुनुपर्छ ।”

मुलुकका ७७ वटै जिल्लाका विद्यालयबाट राष्ट्रिय सेवा दलमा आबद्ध भई दीक्षित हुन चाहना राख्नेको सङ्ख्या पछिल्लो समय उत्साहप्रदरुपमा बढिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेवा दलबाट प्रशिक्षण लिनेको सङ्ख्या ५० हजार नाघिसकेको छ भने हरेक वर्ष सात हजार भन्दाबढी युवाले उक्त तालीम प्राप्त गर्दै आएका छन् । राष्ट्र निर्माण, राष्ट्रियता र राष्ट्रिय एकता सम्वद्र्धनमा जोड दिँदै अनुशासित युवा जनशक्ति तयार गर्ने सेवा दलको उक्त कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय सेवा दलमा हाल कार्यकारी महानिर्देशक पूर्वउपरथी रघु भण्डारी छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ८ : १९ बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि