प्रधानसेनापतिद्वारा सेवा दलबाट दीक्षितहरुलाई राष्ट्रसेवामा जुट्न आग्रह « Khabarhub

प्रधानसेनापतिद्वारा सेवा दलबाट दीक्षितहरुलाई राष्ट्रसेवामा जुट्न आग्रह


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् ।

एनसीसी अल्मुनाई एशोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘युवासँग प्रधानसेनापति’ कार्यक्रममा उनले कोभिड–१९ प्रतिकार्यमा विविध समस्या, चुनौती, अभाव र शंसयबीच गरेको कार्यको प्रशंसा गरे ।

प्रधानसेनापति थापाले भने, “समाजका विकृति, बेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मूल गरी सुसंस्कृत र सभ्य समाज निर्माणको पनि सेवा दलबाट दीक्षित जनशक्तिले जिम्मेवारी बहन हुनुपर्छ ।”

मुलुकका ७७ वटै जिल्लाका विद्यालयबाट राष्ट्रिय सेवा दलमा आबद्ध भई दीक्षित हुन चाहना राख्नेको सङ्ख्या पछिल्लो समय उत्साहप्रदरुपमा बढिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेवा दलबाट प्रशिक्षण लिनेको सङ्ख्या ५० हजार नाघिसकेको छ भने हरेक वर्ष सात हजार भन्दाबढी युवाले उक्त तालीम प्राप्त गर्दै आएका छन् । राष्ट्र निर्माण, राष्ट्रियता र राष्ट्रिय एकता सम्वद्र्धनमा जोड दिँदै अनुशासित युवा जनशक्ति तयार गर्ने सेवा दलको उक्त कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय सेवा दलमा हाल कार्यकारी महानिर्देशक पूर्वउपरथी रघु भण्डारी छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : १९ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष