कोरोना भाइरसको संक्रमणले चीनमा मात्रै ४१ को मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणले चीनमा मात्रै ४१ को मृत्यु


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ४१ पुगेको छ ।

चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।

कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन । बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको छ ।

कोरोनाका संक्रमितको संख्या समेत बढ्दै गएको छ । शनिबार बिहानसम्म १ हजार २ सय ८७ मानिसलाई कोरोनाको संक्रमण भएको पुष्टी भएको छ ।

उनीहरुको अवस्था समेत चिन्ताजनक भएको बिबरणहरु सार्बजनिक भएका छन । बीबीसीका अनुसार कोरोनाले महामारीको रुप लिदै गएको तथा संसारभर फैलदै गएको छ ।

फ्रान्समा समेत ३ जनामा कोरोनाको संक्रमण पुष्टी भएपछी कोरोना भाइरस यूरोपमा समेत फैलिएको स्वास्थ्य अधिकारहरुले जनाएका छन ।

अहिलेसम्म कोरोनाको संक्रमण दक्षिण कोरिया, थाइल्याण्ड, सिंगापुर, अमेरिका, मलेसिया, भियतनाम, ताइवान, जापान, नेपाल लगायतका मुलुकहरुमा देखा परिसकेको छ भने बेलायत र क्यानाडामा समेत संक्रमणका संकास्पद व्यक्तिहरु देखा परेपछि परिक्षण प्रकिया शुरु गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ५७ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को