काठमाडौं – सूचना प्रविधिमा भइरहेको विकासले कल्पनै नगरिएका कुराहरु समेत साकार हुन थालेका छन ।
सायदै मानिसले मात्र कल्पना गर्ला फोटोकै भरमा चिन्दै नचिनेको मानिसको इतिबृत्तान्त गोपनियता समेत पत्ता लाग्छ भनेर । तर दुर्लभ मानिने त्यस्तो कुरालाई समेत एउटा एपले साकार पारिदिने भएको छ ।
तपाई सडकमा हिँडिरहेकै अवस्थामा कुनै अपरिचित बटुवाले तपाईको अनुहारको तस्विर लिएकै भरमा तत्काल कुनै एपबाट नाम, ठेगाना तथा अन्य तथ्यांकहरु पत्ता लगाउन सक्ने अवस्था सम्भव भएको छ ।
क्लियर भ्यू एआई नामको एउटा स्टार्टअपले यसलाई सम्भव बनाएको हो । हाल यो एपलाई अमेरिकामा एफबीआई लगायत सयौं कानुन अभियोजक संस्थाहरुले प्रयोग गरिरहेको रिपोर्ट न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।
क्लियर भ्यू एआईले फेसबुक, युट्युब, भेन्मो तथा विभिन्न साइटहरुमा रहेका ३ अर्ब फोटोहरुको डेटाबेस प्रयोग गरेको छ । यसका लागि ती साइटहरुसँग लिंक गराएर फोटो मिलाउने गर्छ । ती साइटमा लिंक भईसकेपछि नाम तथा अन्य सूचनाहरु सहज अनलाइन मार्फत निकाल्न सकिने क्लियर भ्यूले दाबी गरिएको छ ।
गोपनियता पक्षधरहरुले यस्ता एपको चरम दुरुपयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन । तत्काललाई यो सर्वसाधारणका लागि उपलब्ध छैन ।
प्रतिक्रिया