संसारको ध्यान तान्ने सिंहको यस्तो तस्वीर ! « Khabarhub

संसारको ध्यान तान्ने सिंहको यस्तो तस्वीर !


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुडानको एक चिडियाखानामा रहेका सिंहका तस्वीर सार्बजनिक भएपछि संसाभरको ध्यान आकृष्ट भएको छ ।

सुडानका उस्मान सालिह भन्ने एक जना वकिलले सुडानको अल कुरेशी पार्कमा रहेको एक चिडियाखानामा केहि सिंहहरुको फोटो सामाजिक संजालमा राखेपछि यसले संसारभर तरंग फैलाएको छ ।

उनले राखेको त्यो फोटोमा सिंहहरुको दयनीय अवस्था झल्किएपछि संसारभरका पशु अधिकारकर्मीहरुले जनावारको अधिकार रक्षाका निमित्त सुडानलाई चेतावनी समेत दिएको बताइएको छ ।

विश्वभरिका धेरै ठाउँबाट ह्यासटेग सुडान एनिमल रेस्क्यु लेखेर अभियान नै शुरु भएको छ । सिंहहरु बसेको अवस्था पनि नाराम्रो र खाना पिनाको व्यवस्था अत्यन्तै दयनीय देखिएको छ ।

सालिहले भने अनुसार ति सिंहहरु खाना नपाएर यति कुपोषित थिए कि कुनै/कुनै सिंह त हिड्नसम्म नसक्ने अवस्थामा छन । कतिपय अपाङ्ग जस्तै भइसकेका छन भने कतिको हड्डीसम्म देखिएका थिए ।

पार्क प्रबन्धक एस्सेमैलडाइन हज्जरले भने बन्यजन्तुको आहाराका लागि आवश्यक रकम नहुँदा समस्या भएको बताएका छन ।

अफ्रिकी वन्यजीव फाउंडेशनका अनुसार, सुडानमा २१ वर्षमा सिंहहरुको संख्यामा ४३ प्रतिशतले कमी आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १० : ०२ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका