संसारको ध्यान तान्ने सिंहको यस्तो तस्वीर ! « Khabarhub

संसारको ध्यान तान्ने सिंहको यस्तो तस्वीर !


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुडानको एक चिडियाखानामा रहेका सिंहका तस्वीर सार्बजनिक भएपछि संसाभरको ध्यान आकृष्ट भएको छ ।

सुडानका उस्मान सालिह भन्ने एक जना वकिलले सुडानको अल कुरेशी पार्कमा रहेको एक चिडियाखानामा केहि सिंहहरुको फोटो सामाजिक संजालमा राखेपछि यसले संसारभर तरंग फैलाएको छ ।

उनले राखेको त्यो फोटोमा सिंहहरुको दयनीय अवस्था झल्किएपछि संसारभरका पशु अधिकारकर्मीहरुले जनावारको अधिकार रक्षाका निमित्त सुडानलाई चेतावनी समेत दिएको बताइएको छ ।

विश्वभरिका धेरै ठाउँबाट ह्यासटेग सुडान एनिमल रेस्क्यु लेखेर अभियान नै शुरु भएको छ । सिंहहरु बसेको अवस्था पनि नाराम्रो र खाना पिनाको व्यवस्था अत्यन्तै दयनीय देखिएको छ ।

सालिहले भने अनुसार ति सिंहहरु खाना नपाएर यति कुपोषित थिए कि कुनै/कुनै सिंह त हिड्नसम्म नसक्ने अवस्थामा छन । कतिपय अपाङ्ग जस्तै भइसकेका छन भने कतिको हड्डीसम्म देखिएका थिए ।

पार्क प्रबन्धक एस्सेमैलडाइन हज्जरले भने बन्यजन्तुको आहाराका लागि आवश्यक रकम नहुँदा समस्या भएको बताएका छन ।

अफ्रिकी वन्यजीव फाउंडेशनका अनुसार, सुडानमा २१ वर्षमा सिंहहरुको संख्यामा ४३ प्रतिशतले कमी आएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १० : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया