कर्णाली जनताआवास कार्यक्रमअन्तर्गत डोल्पामा ४५० घर बन्ने | Khabarhub Khabarhub

कर्णाली जनताआवास कार्यक्रमअन्तर्गत डोल्पामा ४५० घर बन्ने


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर बन्ने भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा ८५, जगदुल्ला गाउँपालिकामा ८५, मुड्केचुला गाउँपालिकामा १०० घर बन्ने छन् ।

त्यसैगरी ठूलीभेरी नगरपालिकामा १००, काइके गाउँपालिकामा ५० र शे फोक्सुण्डो गाउँपालिकामा ३० घर बन्ने छन् ।

दलित घर परिवार भएका छवटा स्थानीयतहमा मात्र घर निर्माण गरिने बताउँदै दलित बस्ती नभएका डोल्पो बुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा घर नबनाइने भौतिक पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधिमा दलित परिवारमात्रै नभनेर आर्थिक अवस्था कमजोर भएका लोपोन्मुख, अति सीमान्तकृत, अतिविपन्न, गरिब घर परिवारका घर बनाउने भनिए पनि डोल्पामा दलित घर परिवारको मात्र घर बनाउन लागिएको हो ।

एउटै समुदायमा बस्दै आएका कतिपय गैरदलितको आर्थिक अवस्था दलितभन्दा पनि निकै नाजुक भएकाले त्यस्ता परिवारको पनि घर निर्माण गरिनुपर्ने सरोकारवालाको भनाइ छ । आगामी वर्षदेखि विपन्न गैरदलित समेटिने कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

कर्णाली जनता आवास कार्यक्रममार्फत यो वर्ष बन्ने नयाँ घरका लागि आफू र प्रदेशसभा सदस्य पद्मीकुमारी बोहोरासहित भएर प्रदेश सरकारसँग पहल गरेपछि तोकिएकोभन्दा धेरै कोटा पार्न सफल भएको उनले बताए ।

भौतिक पूर्वाधार विकास कार्यालयमार्फत शहरी विकास तथा भवन कार्यालय कर्णाली प्रदेश सूर्खेतले उक्त घर निर्माण गर्न लागेको हो । दुई कोठे घर निर्माणका लागि पटक–पटक गरेर चार किस्तामा अनुदान रकम प्रदान गरेर घर निर्माण गरिने भौतिक पूर्वाधार कार्यालयका प्राविधिक प्रवेश महताराले जानकारी दिए ।

उनका अनुसार पहिलो किस्तामा २५, दोस्रो ३०, तेस्रो ३५ र अन्तिम किस्ता १० प्रतिशत दिएर रु चार लाख रकम पाउने छन् । घरको नक्सा सरकारले नै उपलब्ध गराउने र सोहीअनुसार आफ्नै जग्गामा घरधनीले घर निर्माण गर्नुपर्ने पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय जाजरकोटबाट निर्माणकार्य अगाडि बढाएको २५० घरधुरीको अपुग बजेट रु तीन करोड ७३ लाख ८६ हजार रकम निकासाका लागि प्रदेश सरकारलाई माग गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  १२ : ०० बजे

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्बिनी प्रादेशिक अस्पतालको हालसम्म

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग

परराष्ट्रमन्त्री आरजु राणा इटाली प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन

राजाजी डाँडाबाट सलहेस सर्किट : लहानको नयाँ पर्यटकीय सपना

सिरहा– लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल