इंग्लिस प्रियिमर लिग फुटबल : लिभरपुलको कीर्तिमानी जित « Khabarhub

इंग्लिस प्रियिमर लिग फुटबल : लिभरपुलको कीर्तिमानी जित


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले कीर्तिमानी जित निकालेको छ ।

वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।

सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो ।

लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसपछि लिभरपुल लिगमा निरन्तर विजयी छ ।

लिग तालिकामा सुविधाजनक अग्रता लिएको लिभरपुलले सोमबार राति संघर्षपूर्ण जित निकालेको थियो । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामबिरुद्ध लिभरपुलले ३–२ गोल अन्तरको जित  हासिल गरेको हो ।

जितसंगै लिभरपुललाई प्रियिमर लिगको ऐतिहासिक उपाधि जित्न अब मात्र ४ जित आवश्यक देखिएको छ ।

जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा एनफिल्ड क्लब लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि वेस्ट ह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा पाब्लो फोर्नाल्सको गोलसंगै वेस्ट ह्याम २-१ को स्थितिमा पुगेको थियो ।  ६८ औं मिनेटमा मोहमद सलाहाले खेल बराबरीमा ल्याए । खेलको ८१ औ मिनेटमा साडियो मानेले निर्णायक गोल गर्दै लिभरपुलको जित हासिल गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : ११ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा