राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त « Khabarhub

राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा उपरथी हमाल नियुक्त


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका उपरथी ईश्वर हमाल फोर्स कमाण्डरमा नियुक्त भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उपरथी हमाललाई फोर्स कमाण्डरमा नियुक्त गरेका हुन् । हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन् । उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् ।

अनडफ मिसनको कार्यवाहक प्रमुख नेपाली सेनाकै उपरथी शिवराम खरेल थिए । उनले सेनाबाटै अवकास पाइसकेका छन् ।उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन्  ।

उनी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत चार पटक सहभागी भएका छन् । उपरथी हमालसंग मिलेटरी अवजरभरका रुपमा सन् २००६ मा युएनओसीआई मिसन र लेबनानमा रहेको युनिफिल मिसनमा सन् १९९३ कण्टिजेन्ट मेम्बरका रुपमा सन् २००० मा बटालियन चिफ अपरेशन अफिसर र १९९० मा प्लाटुन कमाण्डरका रुपमा काम गरेको अनुभव छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ५२ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल