पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप « Khabarhub

पोखराको पीएन क्याम्पसमा प्रहरी र नेवि संघका कार्यकर्ताबीच झडप


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का नेता पक्राउको विरोधमा पोखराको पृथ्वी नारायण (पीएन) क्याम्पस तनावग्रस्त बनेको छ ।

आफ्ना नेता राजेश हमाल (रेशम)लाई पक्राउ गरेको विरोधमा नेवि संघले मंगलबारदेखि क्याम्पस प्रशासनमा ताला लगाएको थियो । प्रहरीले क्याम्पस प्रशासनमा लगाएको ताला खुलाउन खोजेपछि अहिले झडपको स्थिति सिर्जना भएको छ ।

गत माघ ८ गते अनेरास्ववियू र नेवि संघका नेताबीच क्याम्पसमा झडप भएको थियो । झडपमा अनेरास्ववियूका केही नेता–कार्यकर्ताहरु घाइते भएका थिए ।

घाइतेहरुले नेवि संघ नेता हमालसहितविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीका आधारमा प्रहरीले हमालाई पक्राउ गरेको थियो ।

नेवि संघले भने हमालको पक्राउविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेको छ । नेवि संघको पीएन क्याम्पस इकाई समितिले क्याम्पस गेटमा चक्काजाम, विरोध प्रदर्शन, सडक अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ४६ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ