प्रधानमन्त्री ओलीको जन्म दिनप्रति कांग्रेसको टिप्पणी : नयाँ महाराजालाई पुर्ख्यौली घरले चिनेन होला ! « Khabarhub

प्रधानमन्त्री ओलीको जन्म दिनप्रति कांग्रेसको टिप्पणी : नयाँ महाराजालाई पुर्ख्यौली घरले चिनेन होला !


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलको जन्म दिन मनाउने शैली पूराना राजामहाराजाहरुको भन्दा पनि शामन्ती शैलीको भएको टिप्पणी गरेको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीले आफ्नो जन्म दिन मनाउने क्रममा सत्ता उन्मादको प्रदर्शन गरेको पनि आरोप लगाए ।

‘पुराना राजाहरुको जन्म दिनको तस्वीर केही अघि देखेको थिएँ । शैली सामान्य नै थियो । तर, जन्म दिनमा तपाईंको सत्ता उन्माद देखेर आम नागरिक दिक्दार छ, निराश छ प्रधानमन्त्रीज्यु,’ रिजालले संसद बैठकमा भने ।

कांग्रेस सांसद रिजालले आफू जन्मेको घरमा जन्म दिन मनाउँदा प्रधानमन्त्री ओलीले राजा महाराजाको शैली अपनाएको उल्लेख गर्दै भने, ‘जन्मदिनको दिन कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर देखियो । प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्ष पहिलेको भन्ने सुनियो । घरको संरचना त निर्जीव होला । तर, यसले सजीव इतिहास बोकेको छ । आफ्ना आस्थाका लागि जुनसुकै संघर्ष, बलिदान र कुर्वानी गर्न तयार आफ्नै आँगनको केटोले एउटा किर्तीमान राजनीतिक यात्रा तयार गर्‍यो भनेर स्वागतको अभिलासा थियो होला त्यो घरलाई पनि । तर जुन तामझामका साथ, ४–५ हेलिकोप्टर लिएर, देशका, प्रदेशका, अन्य राज्य संरचनाका, पार्टीका विशिष्ट व्यक्तिहरुलाई बोकेर जानुभयो, घरलाई लाग्यो होला आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजा सवारी भएछ भनेर । सायद त्यो घरको आत्माले चिनेन् होला तपाईंलाई प्रधानमन्त्रीज्यु ।’

कांग्रेस सांसद रिजालले प्रधानमन्त्री अर्कै लोकमा रहेको उल्लेख गर्दै अगाडि भने, ‘तपाईंले एक निमेस त्यो घरको अगाडि उभ्भिएर एक मिनेट आफ्नो अन्तरमनलाई सोध्नु’भो ? जस–अपजसको अन्तरमनबाट चिन्तन गर्नु’भो ? आफ्नो विवेकलाई टोटल्नु’भो ? अनि आफ्नो प्रतिवम्व नियाल्नु’भो प्रधानमन्त्रीज्यु ? तपाईं कुन लोकमा हुनुहुन्छ ? जनता कुन लोकमा छन् ?

सञ्चारमाध्यममा आएका समाचारबाट प्रधानमन्त्रीले जन्म दिनमा ४ हजार बृद्धबृद्धालाई सारी र कोट बाँडेको सुनेको बताउँदै रिजालले भने, ‘पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाइँ बाँडेर चित्त बुझाउनुपर्ने पुराना राजामहाराहरुलाई पनि ईर्श्या लाग्यो होला प्रधानमन्त्री ज्यु ।’

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  २ : १० बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र