युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्दै प्रिन्स दाहाल | Khabarhub Khabarhub

युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्दै प्रिन्स दाहाल


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले युरोपमा दुई जुनियर इन्टरनेशनल च्याम्पियनसिप खेल्ने भएका छन् । त्यसका लागि प्रिन्ससहित तीन सदस्यीय टोली मंगलबार युरोप प्रस्थान गरेको छ ।

प्रिन्सले नेदरयाण्ड्समा ‘डच जुनियर इन्टरनेशनल २०२०’ र जर्मनीको ‘जुनियर इन्टरनेशनल २०२०’ गरी दुई सिरिज खेल्नेछन् ।
युरोप जाने टोलीमा प्रिन्स र कमलेस निरौलासँगै नेपाली टिम म्यानेजरमा सुवास श्रेष्ठ पनि छन् ।

उनले सुरुमा नेदरल्याण्डमा खेल्नेछन् । नेदरल्याणड्समा योनेस्क डच जुनियर इन्टरनेशनल यही फेब्रुअरी २६ देखि मार्च १ सम्म हुनेछ । त्यसपछि जर्मनीमा हुने सिरिजका लागि प्रिन्स जर्मनी जानेछन् ।

जर्मन सिरिज मार्च ३ देखि ८ सम्म हुनेछ । प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११औं स्थानमा छन् ।

शीर्ष ११ औंस्थानमा रहेकै कारण उनले विश्वस्तरिय दुई प्रतियोगिता खेल्न पाएको प्रशिक्षक तथा प्रिन्सका मामा निरौलाले बताए ।
प्रिन्सले यसअघि दुबई जुनियर इन्टनेशन सिरिजमा स्वर्ण जितेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ३ : २५ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन