मंगलबार नेप्से ४३ अंकले वृद्धि « Khabarhub

मंगलबार नेप्से ४३ अंकले वृद्धि


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।

नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी रु १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स रु नौ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक रु नौ करोड ३५ लाख नौ हजार ६६६ र एनआइसी एशिया बैंकको रु नौ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाए ।

त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : १६ बजे

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले