इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन « Khabarhub

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कायरो– सन् २०११ को अरब क्रान्तिपछि फालिएको इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।

उनको राजधानी कायरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको समाचार संस्था अल जजिराले जनाएको छ । सन् १९८१ मा तत्कालिन राष्ट्रपति अनवर सदातको हत्यापछि राष्ट्रपति बनेका उनले सन् २०११ सम्म इजिप्टको शासन गरेका थिए ।

सन् २०११ मा भएको अरब क्रान्तिपछि फालिएका उनी निकै लामो समयसम्म जेल जीवन बिताएका थिए । यद्यपि उनलाई सन् २०१७ मा अदालतले उनलाई अधिकांश मुद्धामा सफाई दिएको थियो ।

सन् १९२८ मा नाइल डेल्टाको गाउँमा जन्मेका उनको शासनकालमा इजिप्टमा प्रहरी क्रुरता, राजनीतिक दमन, भ्रष्टाचार र आर्थिक संकट बढेको आरोप लाग्ने गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ५ : ४१ बजे

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता