प्रहरीका तत्कालीन डीएसपी चन्द लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

प्रहरीका तत्कालीन डीएसपी चन्द लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डीएसपी त्रिलोकवहादुर चन्दलगायत पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन डीएसपी चन्दलगायतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने तथा सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख डीएसपी चन्द, लेखापाल प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरु प्रहरी हवल्दार टंक बहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीहरुको २०७२ असोज महिनादेखि २०७३ असार महिनासम्म तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोड जम्मामा फरक पारी बढी खर्च लेखेको रु. ३०,९०,५०८/५० तथा कार्यरत नै नरहेका ईश्वरी श्रीष भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा राशन भत्तामा खर्च गरेको देखिएको रु.६९,०५१/९२ समेत गरी जम्मा रु.३१,५९,५६०/४४ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी निकालिएको अख्तियारले जनाएको छ ।

उनीहरुले भ्रष्टाचार गरेको सप्रमाण देखिएको रु.३१,५९,५६०/४४ (अक्षरेपी एकतीस लाख उनन्साठी हजार पाँच सय साठी रुपैयाँ पैसा चौवालीस) रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ५५ बजे

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले

जिफन्टको निष्कर्ष : सरकारबाटै श्रमिकको अधिकार खोस्ने प्रयास भइरहेको छ

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६