बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा « Khabarhub

बिहेका लागि कन्या छान्दा ख्याल गर्नुहोस यी १० कुरा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा मानव जीवनका १६ संस्कार बताइएको छ । तीनै १६ सस्कार मध्ये एक हो, विवाह संस्कार ।

विवाह मानिसको सबैभन्दा ठुलो निर्णय र कर्म मानिन्छ । त्यसैले मानिस विवाह पश्चात दोश्रो अध्याय शुरु भएको मान्दछन् । शास्त्रमा समेत विवाहलाई अत्यधिक महत्व दिइएको छ ।

तसर्थ विवाहका सम्बन्धमा शास्त्रमा केहि नियम, नीति र कानून बनाइएको छ । जस अनुसार विवाह गर्ने कन्याका १० बिषयमा जानकारी हुनुपर्ने उल्लेख छ ।

१. विष्णु पुराण अनुसार कटु र कर्कश वाणी भएका कन्या विवाह गरेर जुन परिवारमा जान्छन् त्यस परिवारमा अशान्ति हुने उल्लेख छ । तसर्थ यस्ता कन्यासंग विवाह गर्नुहुदैन ।

२. सोहि पुराणमा मीठो र मधुर वचन भएका कन्या परिवारमा आएमा सुख, सौभाग्य र सम्वृद्धि लिएर आउने उल्लेख छ । यस्ता कन्याले पुरुषको जीवन सुखमय बनाउँछन् ।

३. जुन घरकी नारी बिना कारण अबेरसम्म सुत्दछिन् त्यस घरमा लक्ष्मीको वास नहुने बताइएको छ । तसर्थ अबेरसम्म सुत्ने कन्या विवाह गर्नु हुदैन ।

४. झूठ बोल्ने कन्या पनि विवाह गर्न नहुने उल्लेख छ । यस्ता कन्या जीवन संगिनी बनाउँदा जीवन जोखिमपुर्ण हुनेछ । झूठ बोल्ने कन्याले परिवारमा संकट निम्त्याउछिन् ।

५. सुन्दर अनुहार भएकै भरमा कुनै कन्यासंग विवाह गर्नु हुदैन । बौद्धिक रूपमा सबल र सुन्दर नभएका कन्या अनुहारले सुन्दर भएपनि जीवन संगिनी बनाउनु सुखदायक हुन्छ ।

६. चाणक्यका अनुसार बराबरीका मानिससंग विवाह गर्नु पर्दछ । तसर्थ विवाह अघि कन्याको परिवारको आर्थिक, सामाजिक जानकारी लिई विवाह गर्नु उपयुक्त हुन्छ ।

७. महाभारत र चाणक्य नीति अनुसार विवाह पूर्व कन्याको अन्यत्र प्रेम छ कि छैन त्यसबारे बुझ्नु आवश्यक हुन्छ । अरुको प्रेम खोस्नु महापाप हुने उल्लेख छ ।

८. महाभारत र रामायण अनुसार विवाहका लागी कन्याको स्वीकृति आवश्यक हुन्छ । अन्यथा पत्नी बनाइएकी कन्या भावानात्मक रुपमा पत्नी मानिदैन ।

९. विवाह अघि आफ्नो र कन्याको मातापिताबीच कुनै पारिवारीक सम्बन्ध वा नाता छ छैन त्यसबारे बुझ्नु पर्दछ । गोत्र परम्परा भित्र रहेर मात्र विवाह गर्नु पर्दछ ।

१०. शास्त्र अनुसार साना नानी तथा पाको उमेरका मानिसलाई होच्याउने वा उनीहरुको मजाक उडाउने कन्यासंग विवाह गर्नुहुदैन । यस्ता कन्याले घरमा फुट ल्याउँछन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ७ : २१ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन