संघीयता कमजोर बनाउने षड्यन्त्र भयो : मुख्यमन्त्री राई « Khabarhub

संघीयता कमजोर बनाउने षड्यन्त्र भयो : मुख्यमन्त्री राई


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनले आरोप लगाए ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनका लागि गृह जिल्ला पुगेका मुख्यमन्त्री राईले तीन तहको सरकार कार्यान्वयनमा आएपछि विकासको लहर चलेको धारणा राखेका थिए ।

मुख्यमन्त्री राईले भने, “देश संघीय प्रणालीमा गएपछि विकासले गति लिएको छ, तर यसलाई समाप्त पार्न विभिन्न षड्यन्त्र भइरहेका छन्, यसलाई हामीले सामना गर्नैपर्छ ।”

उनले यतिबेला जनप्रतिनिधिलाई सेवा गर्ने अवसर आएको बताउँदै जनतालाई छल्ने र वाहना बनाउने कुनै छुट नभएको बताए ।

“जनताले हामीबाट धेरै आशा गरेको छन्, यो हाम्रो समय भनेको विकास र समृद्धिमा लाग्ने समय हो, यसर्थ हामीलाई जनताको काममा आलटाल गर्ने कुनै छुट छैन”, उनले भने ।

अहिले साना योजनाका लागि पनि काठमाडौँ धाउनुपर्ने अवस्था नरहेको बताउँदै उनले ठूला लगानीका योजनालाई सञ्चालन गर्ने हैसियत प्रदेश सरकारसँग रहेकाले विकास भएन भनेर नडराउन आग्रह गरे ।

जनताको भलाइलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उनले भोजपुरको शिर उच्च राख्ने गरी आफूले प्रदेशको नेतृत्व गरिरहेको बताए ।

“मैले मेरो क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु, तपाईँहरुले म माथि गर्नुभएको भरोसालाई केन्द्रविन्दुमा राखेर विकासका काम सञ्चालन भइरहेको छ, अबको केही वर्षमा भोजपुर विकासको गतिमा निकै माथि उठ्छ, यहाँहरुले साच्चै विकासको अनुभूति गर्न पाउनुहुन्छ ।’’

उनले गाउँपालिकाको आयोजना गरेको महोत्सवले भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन टेवा मिल्ने बताए ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने लक्ष्यका साथ आयोजना हुने यस्ता मेला महोत्सवले स्थानीय सरकारलाई आर्थिक रुपमा मजबुत बनाउने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ८ : ३१ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने