पाल्पामा मगर दिवसमा सार्वजनिक बिदा « Khabarhub

पाल्पामा मगर दिवसमा सार्वजनिक बिदा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक बिदा हुने भएको छ । पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेको जिल्ला हो ।

मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा गर्ने जनाएका छन् ।

३८ औँ मगर दिवसलाई सफल बनाउन निस्दी गाउँपालिका–४ मित्याल झ्याल्टुङमा विशेष कार्र्यक्रम गर्ने तथा विभिन्न वडामा रहेका मगर संस्कृतिमा आधारित झाँकी प्रदर्शन गर्ने गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले जानकारी दिए ।

निस्दीमा ८७ प्रतिशत मगर समुदायको बसोवास छ । मगर दिवसका अवसरमा रामपुरमा पनि भव्य मगर समुदायले विगतमा जस्तै भव्य कार्यक्रम गर्ने जनाएको छ ।

मगरको भाषा, कला तथा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै रामपुर मगर सङ्घ तथा एकीकृत मगर उत्थान समाजले कार्यक्रम गर्ने सङ्घका कार्यवाहक अध्यक्ष दुर्गादेवी रानाले जानकारी दिए ।

पछिल्लो विभिन्न कारणले लोपउन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउर, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले ठूलो भूमिका खेल्ने एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष रामबहादुर थापा हिस्कीले बताए ।

८४ प्रतिशत मगरको बस्ती रहेको पूर्वखोलामा पनि सार्वजनिक बिदा दिने सूचना प्रकाशित गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । रामपुर नगरपालिकामा भने विभिन्न मगरसङ्घ संस्थाले सार्वजनिक बिदा दिन माग गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार