गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन् ।

पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा श्रेष्ठले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिए ।

श्रेष्ठले भने, ‘कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको वस्तुगत चाहनाले मात्र एकता सम्भव भएको हो । गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढाउनु आवश्यक छ । गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ ।’

पार्टीका हरेक सदस्यले एकताको मर्म र भावअनुसार कम्युनिष्ट संस्कार र आचरण अनुसरण गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले सरकारले केही कठिनाइका कारणले आशातित काम गर्न नसकेपनि अब जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने र सरकारलाई सफल बनाइ छाडिने दृढता व्यक्त गरे ।

पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले तीनमहिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाइने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका नेता कार्यकर्ता जनताको घरदैलोमा पुग्दै पार्टी र जनताको सम्बन्ध सदृढ गर्ने तथा सरकारका गतिविधको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए ।

बैठकमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए ।

प्रस्तुत प्रतिवेदनका बारेमा विभिन्न १२ वटा समूह निर्माण गरी छलफल शुरु भएको प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : ४४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको