'एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं' | Khabarhub Khabarhub

‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौं’


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- ‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।’ विश्वव्यापी रुपमा फैलिएको (कोभिड –१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।

कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर उपचार गर्ने रणनीति बनाएको हो । जिल्लाका ९० वडामध्ये ८९ वडामा सडकको सजिलै पहुँच भएकाले घरघरमै गएर उपचार गर्न सम्भव भएको जिल्ला जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले बताए ।

‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाईको घरमै आउँछौं’, उनले भने, ‘कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालेका छौं ।’ कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र त्यसको चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउनासाथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए ।

‘हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं’, उनले भने ।

सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने उहाँको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनले बताए ।

कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावुमा ५, दुल्लू नगरपालिका ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैय्या र नारायण क्याम्पसमा १०० शैय्याकोे क्वारेन्टाइन तयार पारिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : २१ बजे

मानिससँग बस्ने जनावर व्यवस्थापन गरौँ

यस वर्ष जुलाई ६ मा (आज) विश्व जुनोसिस (पशुजन्य रोग)

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै