विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा « Khabarhub

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट एकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ ।

“नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरिरहेका छौं”, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, “विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं ।”

विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीहरुलाई आग्रह गरे ।

टोलवासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताए ।

“विदेशबाट फर्किनुभएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं”, उनले भने, “उहाँहरुको इच्छा अनुसार होम क्वारेन्टाइनमा बस्न छाडेका छौं । बसे नबसेको नियमित अनुगमन गरिराखेका छौं ।”

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

सोमबार र मंगलबार गरी नगरभित्रका १, २, ८, ९, ११, १२ र १३ नं. वडाका टोलका घर/घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई पनि सुरक्षित राख्ने उद्देश्यले होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

होम क्वारेन्टाइनमा बसेकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्श समेत दिइएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ७ : ५८ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड