लकडाउनका बेला कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ यात्रु पक्राउ « Khabarhub

लकडाउनका बेला कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ यात्रु पक्राउ


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला मालवाहक लरीको कन्टेनर चढेर वीरगन्ज आइपुगेका यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले कन्टेनरभित्र लुकेर वीरगन्ज आइपुगेका ५२ जना यात्रुलाई मंगलबार राति १२ बजे पक्राउ गरेको हो । सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको लरीको कन्टेनरमा लुकेर आएका यात्रुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु काठमाडौं, चितवनको भरतपुर तथा मकवानपुरको हेटौंडाबाट कन्टेनरमा चढेर वीरगन्ज आइपुगेका थिए ।

प्रहरीले नियन्त्रणमा लिइएका यात्रुमध्ये ३ बालबालिका छन् । प्रहरीले कन्टेनरका चालक शीवनारायण महरालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले लरीबाट नियन्त्रणमा लिइएका ५२ यात्रु र लरीका चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया