अब कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका हुनसक्ने : विश्व स्वास्थ्य संगठन « Khabarhub

अब कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु अमेरिका हुनसक्ने : विश्व स्वास्थ्य संगठन


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले  कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बिन्दु  संयुक्त राज्य अमेरिका हुनसक्ने चेतावनी दिएको छ ।

हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकमै थपिएका छन् ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सिर्जना हुने सम्भावना उच्च रहेको बताए ।

यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतीमा फैलिरहेको बताउँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताए ।

अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : ४८ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव