‘लकडाउन’को दोस्रो दिन : सम्झाइ बुझाई नगरिने, थुन्नेदेखि जरिवाना गर्नेसम्मको तयारी « Khabarhub

‘लकडाउन’को दोस्रो दिन : सम्झाइ बुझाई नगरिने, थुन्नेदेखि जरिवाना गर्नेसम्मको तयारी


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा नै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबारदेखि नेपालभर ‘लकडाउन’ गरेको सरकारले पहिलो दिनको जस्तो सम्झाइ बुझाई गरेर नछाड्ने चेतावनी दिएको छ ।

पहिलो दिन कतिपय मानिसहरुमा सूचना नपुगेको र कतिपय व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा आजदेखि त्यस्तो नगरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

‘नागरिक हितका लागि चालिएको कदममा सबै साथ हुन्छ भन्ने लागेको छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले खबरहबसँग भने, ‘आजदेखि पनि लकडाउनको उल्लंघन गर्दै रमिता हेर्नझैं गरी निस्कनलेलाई छाडिदैन, संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यताका आधारमा कारबाही हुन्छ ।’

यसअघि हिजो पनि विभिन्न जिल्लाका प्रशासकहरुले सवारीसाधन नियन्त्रण गर्नेदेखि एक हजार रुपैयाँसम्म जरिवानासम्म लिएको शर्माले जानकारी दिए । तर धेरैजसोलाई मंगलबार पहिलो दिन भएकाले सम्झाइ बुझाई गरि छाडिएको थियो ।

मंगलबार ‘लकडाउन’ उल्लंघन गरेपछि विभिन्न जिल्लाबाट पक्राउ परेका ४५३ जनालाई सम्झाइ बुझाई गरि छाडिएको थियो ।

‘लकडाउन’को दोस्रो दिन भने सरकारले कडिकडाउ गरिसकेको संकेत दिइसकेको छ । काठमाडौं उपत्यकामा नै एकाविहानै ‘लकडाउन’ उल्लंघन गर्ने ३ सय सवारीसाधन र मानिसहरु नियन्त्रणमा लिइएको छ ।

‘लकडाउन’ कार्यन्वयनमा ल्याइएका मूलत दुई वटा कानून संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यता अनुसार जरीवानादेखि ६ महिनासम्मको जेल हुन सक्ने प्रावधान छ ।

देश पूरै ‘लकडाउन’मा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा समस्या सृजना नहुने गरी प्रबन्ध मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

सोही परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयहरुले खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधि लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने गरी त्यस्ता पसलहरु सञ्चालन गर्न आह्वान गरेका छन् । तर त्यस्ता पसलहरु निश्चित अवधिका लागि मात्र खोल्न आह्वान गरिएको छ ।

‘लकडाउन’ का बेला स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स, सञ्चारमाध्यम लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई भने आवतजावतमा रोक लगाइएको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : १६ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको