काठमाडौंबाट सर्ट राइफल र बाह्रबोर बन्दुकसहित १ जना पक्राउ « Khabarhub

काठमाडौंबाट सर्ट राइफल र बाह्रबोर बन्दुकसहित १ जना पक्राउ


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुकसहित प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भइ काठमाडौंको टोखा–११ भण्डारी टोली बस्दै आएका ५४ वर्षीय सूर्य ज्वारचन छन् ।

जिल्ला अदालत कास्कीको पत्रादेशअनुसार महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलीले ज्वारचनको टोखास्थित निवासमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा उनको साथबाट १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुक फेला परेको महानगरीय प्रहरी बृत्त महाराजगंजले जानकारी दिएको छ ।

पक्राउ परेका ज्वारचनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : ५२ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३