नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण « Khabarhub

नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमणको एकजना विरामी थपिएको स्वास्थ्य मन्त्रालयले समेत पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ६ सय ८७ जनामा कोरोना संक्रमणको आशंका नमूना परीक्षण गरिएको थियो । जसमध्ये ३ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६ सय ८४ जना नेगेटिभ देखिएको छ ।

पहिलो पटक गत माघ ९ गते चीनबाट आएका एक जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

दोस्रो केसका रुपमा चैत ४ गते फान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया छात्रामा कोरोनाको संक्रमण देखिएको छ । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछिल्लो पटक पुनः एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएपछि संक्रमित व्यक्ति कुन ठाउँका हुन् र कुन अस्पतालमा उपचार गराइरहेका छन् भन्ने विषय भने खुलाइएको छैन । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी खाडी मुलकबाट केही दिन पहिला नेपाल आएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ३४ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको