लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ सवारी साधन प्रहरी नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ सवारी साधन प्रहरी नियन्त्रणमा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिनका लागि लागू गरेको लकडाउन उल्लङ्घन गर्ने १६ जनासहित ७८ यातायात साधनलई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसार नेपाल सरकारले जारी गरेको लकडाउनलाई अटेर गरी अनावश्यक रूपमा सडकमा हिँडनेलाई नियन्त्रणमा लिइएको हो ।

लकडाउन उल्लङ्घन गरेर हिँड्ने १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार घर बाहिर सडकमा निस्कनेलाई प्रहरीले तीन मिटरको फरकमा प्रहरी कार्यालयभित्र राखेको छ ।

अनुगमन र निगरानी गर्न जनप्रतिनिधीलाई खुलालको आग्रह

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उनले आग्रह गरेका हुन् ।

कोभिड–१९ को सचेतनाका लागि स्थानीय तहमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधि वडाध्यक्ष, सदस्यलगायत टोल विकास संस्थालाई आ–आफ्नो स्थानीय तहका वडाका घर/घरमा पुगेर बाहिरबाट टोलमा अएका तथा विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन गर्न प्रमुख खुलालले अग्रह गर्नुभएको उहाँको प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ३ : ५६ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले