लकडाउन र वर्षाले कञ्चन काठमाडौं | Khabarhub Khabarhub

लकडाउन र वर्षाले कञ्चन काठमाडौं


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका गरिएको लकडाउनको एक महिना पूरा भएको छ । यस अवधिमा सवारीसाधन, उद्योग, कलकारखाना र निर्माण कार्य बन्द छन् । अधिक वायु प्रदूषण भएका शहरहरू मध्येकै एक मानिने काठमाडौं अहिले धुलो र धुँवाबाट मुक्त भएको छ । यहाँका बासिन्दाले स्वच्छ हावाको अनुभूति गर्न पाएका छन् ।

लकडाउनले मानव गतिविधि ठप्प हुँदा वायु प्रदूषण घटेको वातावरणविदहरू बताउँछन् । सवारीसाधन, उद्योग र निर्माण कार्य बन्द हुँदा कार्बन उत्सर्जन घटेकोले वायुमण्डलमा सुधार हुँदै गएको उनीहरूको भनाइ छ ।

वातावरणविद् भुषण तुलाधारका अनुसार काठमाडौंको वायुको गुणस्तरमा धेरै सुधार आएको छ । लकडाउनले भएकौ चौतर्फी बन्द र केही दिनयताको वर्षाका कारण वायुमण्डल सफा भएको उनले बताए । ‘शहरी क्षेत्रको हकमा सवारीसाधनबाट नै हो सबैभन्दा बढी प्रदूषण हुने’ तुलाधरले भने, ‘सवारी साधन बन्द भएपछि वायु प्रदूषण पनि स्वतः घट्ने नै भयो ।’

उनका अनुसार लकडाउन सुरु भएको केही दिनसम्म काठमाडौंको वायु प्रदूषणमा सुधार देखिएको थिएन । विभिन्न ठाउँमा लागेको डढेलोले प्रदूषण झनै उच्च भएको थियो । यो साताको सोमबार अपराह्न २ बजे काठमाडौंमा पीएम २.५ व्यासको धुलकणमात्र २० माइक्रोग्राम प्रतिघनमिटर रहेको जानकारी दिँदै तुलाधारले भने, ‘यो मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा राम्रो हो ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड पीएम २.५ व्यासको धुलकण २४ घण्टामा प्रतिघनमिटर २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन । तुलाधरका अनुसार पाँच दिनयता काठमाडौं उपत्यकाको वायु प्रदूषणको अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा राम्रो छ ।

एकसाताअघि विभिन्न स्थानमा डढेलो लागेको थियो र पश्चिमी वायु काठमाडौंमा प्रवेश गरेको थियो । चार–पाँच दिनयता भने निरन्तरको वर्षाले सुधार ल्याएको तुलाधरको भनाइ छ ।

सवारीसाधनको अधिक चाप, इटाभट्टा र बढ्दो जनसंख्या संख्या काठमाडौं वायु प्रदूषण बढ्नुको मुख्य कारण मानिन्छ ।

फोहोर व्यवस्थापन गरौं !

लकडाउनको समय छ । मानिसहरू घरमा क्वारेन्टाइनमा बसेका छन् । घर वरपरको फोहोर एक ठाउँमा जम्मा गरेर जलाएको पनि देखिने गरेको छ । फोहोर व्यवस्थापनमा वैकल्पिक उपायहरू अपनाउन तुलाधारको आग्रह छ ।

वायुमा सधैँ सुधार ल्याउन सकिन्छ !

तुलाधरका अनुसार वायु प्रदूषणले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि वायु प्रदूषण कम गर्न आवश्यक छ ।

अहिले लकडाउनले वायुमण्डालमा सुधार भएको छ । सधैँ यस्तो सम्भव छ ? तुलाधर भन्छन्, ‘धुँवा कम गर्ने प्रयासहरू गर्न सकिन्छ ।’ उनका अनुसार विद्युतीय सवारीसाधन प्रयोग बढाउनु एउटा राम्रो उपाय हुनसक्छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : २० बजे

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र