कोरोनाको संक्रमणबाट जोगिन बेलायतका अस्पतालमा ड्रोनबाट औषधि र खाद्यान्न पठाइदै « Khabarhub

कोरोनाको संक्रमणबाट जोगिन बेलायतका अस्पतालमा ड्रोनबाट औषधि र खाद्यान्न पठाइदै


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगिन बेलायत सरकारले त्यहाँका अस्पतालहरुमा ड्रोनबाट औषधि र खाद्यान्न पठाउने भएको छ।

परीक्षणका रुपमा ड्रोनबाट अस्पतालहरुमा अत्यावश्यक औषधि र खानेकुरा पठाउन लागेको बेलायतका यातायात मन्त्री ग्रान्ट शाप्सले जनाएका छन् ।

शुक्रबार बेलायतको प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उक्त जानकारी दिदै शाप्सले परीक्षणका रुपमा सुरु गरिने ड्रोनबाट औषधि र खाद्यान्न पठाउने काम सफल भए नियमितरुपमा त्यसै गरिने बताएका छन् ।

परीक्षण अन्तरगत आउँदो हप्ता लण्डनको सेण्ट म्यारी अस्पतालमा केही चिकित्सकीय उपकरणहरू पठाइनेछन् ।

बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख ४३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ५९ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको