अस्ट्रेलियामा नेपाली विद्यार्थीको डेरामा आगलागी « Khabarhub

अस्ट्रेलियामा नेपाली विद्यार्थीको डेरामा आगलागी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिजवेन- अस्ट्रेलियाको ब्रिजवेनमा बस्ने नेपाली विद्यार्थीको डेरामा आगलागी भएको छ । आगलागीबाट महत्वपुर्ण कागजपत्र र धनमाल जलेर नष्ट भएको छ ।

ईष्ट व्रिजवेनमा बसोबास गर्दै आएका उनीहरुको डेरामा बिहिबार साझ आगलागी भएको हो । आगलागीबाट एक थान ल्यापटप, एक थान आईप्याड, लत्ता कपडा, फर्निचर, दुई हजार डलर नगद लगायत जलेर नष्ट भएको छ ।

त्यस्तै शैक्षिक प्रमाणपत्र, पासपोर्ट र अन्य महत्वपुर्ण कागजात पनि जलेको डेरावाला अधिकारी थरका युवकले बताए । उनले भने, ‘भएभरको लत्ताकपडा जलेर नष्ट भयो, पैसा पनि जल्यो अब के गर्ने केही सोच्नै सकेको छैन । उनका अनुसार पासपोर्टचाहि आशिंक रुपमा जलेको छ ।’

७ हजार डलर जतिको धनमाल जलेको ती युवकको अनुमान छ। डेरामा आगलागी भएको खबर ती जोडीले नेपालमा आफन्तलाई नभनेकाले उनीहरुले आफ्नो पहिचान गोप्य राखिदिन अनुरोध गरेका छन् । विद्यार्थी युवती फेडेरेसन विश्वविद्यालयमा मास्टर्स ईन बिजनेस पढिरहेकी छिन् ।

दुबै जना काममा गएको बेला बन्द कोठा भित्रबाट आगलागी सुरु भएको थियो । छिमेकीले दमकललाई खबर गरेका थिए । केही बेरमै दमकलले आगो नियन्त्रणमा लिएको थियो । कोठामा ल्यापटप चार्ज गरेर राखेकाले त्यसैबाट आगो सल्किएको हुनसक्ने अनुमान छ ।

दुई तल्ले घरको माथिल्लो तल्लामा रहेको चार कोठामा ८ जना नेपाली बस्दै आएका थिए । एउटा कोठामा आगलागी भएपछि प्रहरीले घरनै सिल गरेको छ । घर सर्न पर्ने भएपछि अहिले त्यहा बस्ने ८ जना नेपाली तत्कालै कोठा खोजेर सर्नु पर्ने भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : २९ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ