नेपालका १२ जिल्ला कोरोना प्रभावित, उदयपुर सबैभन्दा जोखिममा | Khabarhub Khabarhub

नेपालका १२ जिल्ला कोरोना प्रभावित, उदयपुर सबैभन्दा जोखिममा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका १२ जिल्ला प्रभावित भएका छन् । तीन महिनाको अवधिमा नेपालमा १२ जिल्लाका ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सबै संक्रमित निको भएर काठमाडौं जिल्ला कोरोनामुक्त भएकामा खुसी व्यक्त गरेका छन् । यद्यपि, काठमाडौं जोखिममुक्त भने नरहेको चिकित्सकको भनाइ छ ।

कुल संक्रमित ४९ जनामध्ये केही भारतीय नागरिक छन् भने केही विदेशबाट फर्किएका नेपाली छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक जनामा स्थानीय संक्रमण देखिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । हालसम्म काठमाडौं, धादिङ, चितवन, कैलाली, कञ्चनपुर, बागलुङ, पर्सा, रौतहट, उदयपुर, भोजपुर, झापा र सर्लाही जिल्ला प्रभावित भएका छन् ।

काठमाडौंमा तीन, धादिङमा एक, कैलालीमा चार, उदयपुरमा २८, बागलुङमा चार, चितवनमा दुई, सर्लाहीमा एक, भोजपुरमा एक जना संक्रमित भेटिएका हुन् । यस्तै, रौतहटमा एक, पर्सामा तीन, कञ्चनपुरमा एक र झापामा एक जना संक्रमित भेटिएको पाइएको छ ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् ।

सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको प्रदेश १ मा विराटनगरस्थित कोसी अस्पतालमा २८ जनाको उपचार भइरहेको छ । चिकित्सकले प्रभावित जिल्लामा परीक्षणको दायरा बढाउन सुझाव दिएका छन् । संक्रमितमध्ये नेपालमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको जिल्ला पहिचान भएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रभावित जिल्लाको तथ्यांक एकीकृत भई नसकेको बताए । उनले भने, ‘तथ्यांक अद्यावधिक गर्दै छौं । अद्यावधिक गरेपछि जानकारी गराउँछौं ।’

प्रभावितहरू अधिकांश भारतबाट नेपाल भित्रिएका र विदेशबाट नेपाल आएका नागरिक रहेको पाइएको छ । प्रभावित जिल्लाका नागरिकलाई लकडाउनको पूर्ण पालना गर्न सरकारले आग्रह गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र अछाम, गण्डकी प्रदेशको बागलुङ, कर्णाली प्रदेशको जुम्ला जिल्ला महामारी संक्रमणका हिसाबले जोखिमपूर्ण रहेको निस्कर्ष निकालेको थियो । तर, कर्णाली र प्रदेश ५ मा संक्रमणको संख्या शून्य रहेको छ ।

यस्तै, हालसम्म आरटी–पीसीआर र आरडीटी प्रविधिबाट ४७ हजार ४ सय ९६ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आरटी–पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जना र आरडीटि प्रविधिबाट ३८ हजार ८९ जनाको कोरोना परीक्षण गरीएको छ ।

मन्त्रालयले प्रदेश १ मा ३ हजार ९ सय २९, प्रदेश २ मा ४ हजार ९ सय ७७, बाग्मतीमा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश ५ मा २ हजार ८ सय ७०, कर्णालीमा ४ हजार ८ सय ७० र सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमुना परीक्षण गरेको छ ।

यस्तै, १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा बसेका छन् भने ८९ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् । हालसम्म १० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १ : ०८ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ