प्रेम र घुमफिरमा भुलिएको यस्तो जोडी जसले कोरोनाको महामारी भर्खर मात्रै थाहा पायो « Khabarhub

प्रेम र घुमफिरमा भुलिएको यस्तो जोडी जसले कोरोनाको महामारी भर्खर मात्रै थाहा पायो


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि कोरोना भाइरसको महामारीले संसार नै आक्रान्त भइरहँदा यस्तो एउटा जोडी फेला परेको छ जसलाई लाखौं मानिस प्रभावित भएको कोरोना भाइरसको महामारीबारे भर्खरै थाहा भएको छ ।

प्रेम, रोमान्स र घुमफिरमा मस्त हुने बेलायतको म्यान्चेष्टरको यो जोडी कोरोना भाइरसको महामारी फैलिएपछि नै फेब्रअरी लागेपछि २५ दिने समुन्द्र यात्रा सकेर फर्किएपछि मात्रै यसबारे जानकार भएको हो ।

बेलायतको म्यानचेष्टरका रयान ओसबोर्न र उनकी पत्नी एलेना मनिगेट्टीले साथमा विश्व भ्रमण गर्ने योजना बनाएपछि विश्व यात्राका लागि पुग्नेजति पैसा जम्मा गरे ।

त्यसपछि उनीहरुले एउटा याट किने । उनीहरुले यही याटमा बसेर लामो समुद्री यात्रा गर्ने योजना बनाए र सुरु पनि गरे । उक्त यात्रा सुरु गर्नुअघि उनीहरुलाई घरपरिवार र आफन्तलाई कुनै पनि अशुभ समाचार नसुनाउँन भनेका थिए ।

डेलीमेलमा प्रकाशित समाचार अनुसार फेब्रुअरीको अन्तिम सप्ताहमा यो जोडीले क्यानरी आइल्याण्डबाट आफ्नो विश्व यात्रा सुरु गरे । क्यानरी आइल्याण्ड उत्तर पश्चिम अफ्रिकाको किनारामा एटलान्टिक महासागरमा छ ।

यहाँबाट आफ्नो यात्रा सुरु गरेका रयान र एलेनाले ब्राजिलको उत्तरी इलाकामा स्थित सेन्ट विन्सेट द्वीपलाई गन्तव्य बनाएर यात्रा अगाडि बढाए ।

२५ दिनमा ३ हजार माइल समुद्रमा यात्रा गरेपछि उनीहरु ब्राजिलको सेन्ट विन्सेट द्वीप पुगेपछि मात्रै यसबारे जानकार भएका हुन् । अर्थात फ्रेब्रअरी अन्तिमबाट यात्रा सुरु गरेका उनीहरुले मार्चको तेस्रो साता मात्र यसबारे जानकारी पाएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : २५ बजे

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते