काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा पुगेको छ ।
२८ जना सङ्क्रमित पुष्टि भएको भुल्केमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको हो ।
कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वमा टोली उदयपुर पुगेको हो ।
यसअघि स्वास्थ्य सेवा विभाग टेकुका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लीलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली पनि बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा पुगिसकेको छ ।
उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रलाई सुझाव पेस गर्नेछ ।
प्रतिक्रिया