कोरोना संकटकाबीच ब्राजिलमा राजनीतिक संकट बढ्यो, कानूनमन्त्रीद्वारा राजीनामा « Khabarhub

कोरोना संकटकाबीच ब्राजिलमा राजनीतिक संकट बढ्यो, कानूनमन्त्रीद्वारा राजीनामा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल- ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा दिएका हुन् ।

कानुन मन्त्री मोरो पुर्व केन्द्रीय न्यायाधिश पनि हुन् । उनी भ्रष्टाचार विरोधी प्रभावशाली व्यक्तिका रुपमा पनि परिचित छन् ।

राष्ट्रपति बोल्सोनारोले राजनीतिक निरंकुशता बढाउदै लगेको र प्रहरी प्रमुखलाई बर्खास्त गरेको भन्दै उनले असन्तुष्टि जनाएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेका बेला ब्राजिलमा राजनीतिक सङ्कट पनि बढ्ने देखिएको छ ।

राष्ट्रपति बोल्सोनारोले यसअघि गत हप्ता तत्कालिन स्वास्थ्य मन्त्री लुइज हेनरिक मन्डेट्टालाई पनि बर्खास्त गरेका थिए ।

कोनोरा भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाउने उपायका बारेमा आफ्नोभन्दा फरक मत राखेको भन्दै राष्ट्रपति बोल्सोनारोले तत्कालिन स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  २ : २१ बजे

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी