नारायणी अस्पताल वीरगञ्जमा उपचाररत ४ जना कोरोना संक्रमित निको, डिस्चार्जको तयारी | Khabarhub Khabarhub

नारायणी अस्पताल वीरगञ्जमा उपचाररत ४ जना कोरोना संक्रमित निको, डिस्चार्जको तयारी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टर उदय नारायण सिंहका अनुसार चैत ३० गते र बैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका हुन् ।

डा सिंहका अनुसार विरगञ्जको स्थानीय मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र बैशाख २ गते भर्ना भएका रौतहटका एक युवामा कोरोना संक्रमण निको भएको हो ।

चैत ३० गते भर्ना भएका क्रमश ३४,४४ र ५५ वर्षका भारतीय नागरिक निको भएको र रौतहटका १९ वर्षीया युवामा कोरोनाको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुको थ्रोड स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट नगेटिभ आएपछि अस्पतालले ४ जनालाई नै भोलि (आइतबार) अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको छ ।

अस्पतालका डा सिंहका अनुसार ३ जना भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावासको सहयोगमा केही समयमा विरगञ्जकै क्वारेन्टाइनमा राखिने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  २ : ५० बजे

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा