नारायणी अस्पताल वीरगञ्जमा उपचाररत ४ जना कोरोना संक्रमित निको, डिस्चार्जको तयारी « Khabarhub

नारायणी अस्पताल वीरगञ्जमा उपचाररत ४ जना कोरोना संक्रमित निको, डिस्चार्जको तयारी


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टर उदय नारायण सिंहका अनुसार चैत ३० गते र बैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका हुन् ।

डा सिंहका अनुसार विरगञ्जको स्थानीय मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र बैशाख २ गते भर्ना भएका रौतहटका एक युवामा कोरोना संक्रमण निको भएको हो ।

चैत ३० गते भर्ना भएका क्रमश ३४,४४ र ५५ वर्षका भारतीय नागरिक निको भएको र रौतहटका १९ वर्षीया युवामा कोरोनाको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएको हो ।

उनीहरुको थ्रोड स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको रिपोर्ट नगेटिभ आएपछि अस्पतालले ४ जनालाई नै भोलि (आइतबार) अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको छ ।

अस्पतालका डा सिंहका अनुसार ३ जना भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावासको सहयोगमा केही समयमा विरगञ्जकै क्वारेन्टाइनमा राखिने छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  २ : ५० बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात