थापाथली अस्पतालमा कोरोना संक्रमित महिलालाई सुत्केरी गराउन छुट्टै कक्ष स्थापना « Khabarhub

थापाथली अस्पतालमा कोरोना संक्रमित महिलालाई सुत्केरी गराउन छुट्टै कक्ष स्थापना


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलिमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम कोरोना संक्रमित महिलालाई सुत्केरी गराउने छुट्टै कक्ष व्यवस्थापन गरिएको बताएका छन् ।

डा गौतमले कोरोना संक्रमित गर्भवती महिलाको लागि अस्पतालले छुट्टै स्थानमा डेलीभरी लगाउने व्यवस्था मिलाएको जानकारी दिएका हुन् ।

डा गौतमले अस्पतालमा गर्भवतीको सामान्य र आकस्मिक डेलभरीको सेवा सुचारु रहेको पनि जानकारी दिए । उनले कोरोना संक्रमित महिलाको लागि पनि छुट्टै डेलीभरी गर्ने कक्षको व्यवस्थापन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पीपीईको पनि व्यवस्थापन गरिएको बताए । डा गौतमले घरमै रहेका गर्भवती र सुत्केरी महिलालाई आफ्नो केयरमा ध्यान दिन पनि आग्रह गरेका छन् ।

डा गौतमले गर्भवती महिला र सुत्केरीलाई दिएको टिप्स यस्तो छः
–गर्भवती महिलाले घरमा बस्दा स्यानिटाइजर प्रयोग गर्ने,
–हात साबुनपानीले राम्रोसँग धुने,
–भीडभाडमा नजाने,
– चिकित्सकले दिएका औषधिलाई नियमित प्रयोग गर्ने,
– ज्वरो आउने, शरीर सुन्निने, रक्तचाप बढ्ने तथा रक्तश्राब हुने समस्या भएमा मात्र अस्पतालमा जाने

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ५३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही