कुवेतमा बसेका नेपाली आइतबारदेखि आममाफीमा सहभागी हुन पाउने « Khabarhub

कुवेतमा बसेका नेपाली आइतबारदेखि आममाफीमा सहभागी हुन पाउने


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुबेतमा आवासीय भिसा उल्ल‌ंघन गरी बसेका नेपालीले भोलिबाट आममाफीको प्रकृयामा सहभागी हुन पाउने छन् । कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गर्न ढिलाइ गर्दा भने नेपाली कामदारलाई समस्या परेको छ ।

कुवेतले आवेदनका लागि अप्रिल २६ देखि ३० सम्म ४ दिनको समयसीमा तोकेको छ ।

कुबेतमा रोजगारदाता छाडेर अन्यत्रका कम्पनी वा घरमा काम गर्दै आएका नेपालीहरूको संख्या झण्डै ७ हजार रहेको छ ।

गत फेब्रुअरी २९ सम्म भिसाको म्याद सकिएका कामदारले आममाफी प्रक्रियामा सहभागी हुन पाउनेछन् । उनीहरुले जरिवाना तिर्नुपर्दैन भने नेपालसम्म आउने हवाई टिकटसमेत कुवेत सरकारले नै दिनेछ ।

कुवेतले आममाफीमा सहभागी हुने नेपालीका लागि निश्चित केन्द्र तोकेको छ। जिलिव हसविया क्षेत्रमा पुरुष र महिला कामदारलाई छुट्टाछुट्टै केन्द्र छन्।

पुरुषले जिलिव अल सुएखको सडक नम्बर २५० स्थित नयिम बिन मसुद पुरुष स्कुलको ब्लक नम्बर ४ र महिलाले जिलिव अल सुएखको सडक नम्बर २०० स्थित रुफाइदा अल अस्लामिया प्राथमिक महिला स्कुलको ब्लक नम्बर ४ मा जानुपर्नेछ।

फर्वानिया क्षेत्रमा बस्ने पुरुष कामदार सडक नम्बर १२२ स्थित अल मुथान्ना प्राइमरी स्कुलको ब्लक नम्बर १ मा जानुपर्नेछ। महिला कामदारलाई सडक नम्बर ७६ स्थित फर्वानिया प्राइमरी स्कुलको ब्लक नम्बर १ तोकिएको छ। दूतावासले महावुल्ला क्षेत्रका कामदारलाई तोएिको केन्द्र भने अझै खुलाएको छैन।

आवेदन दिन जाँदा २० केजीको लगेज र ७ केजीको हाते ब्याग मात्र लैजान पाइनेछ। आवेदन स्वीकृत भएपछि तोकिएको अस्थायी आश्रय केन्द्रमा बस्न पाइनेछ। नेपाल नआएसम्म त्यहाँबाट निस्कन पाइनेछैन।

जोसँग म्याद भएको सक्कली राहदानी छ तिनले ट्राभल डकुमेन्ट (यात्रा अनुमतिपत्र) लिन दूतावास गइरहनु पर्दैन । उनीहरू सीधै तोकिएको केन्द्रमा गई आवेदन दिन पाउनेछन्।

त्यस्तै जिलिव क्षेत्रमा बस्ने नेपालीले भने सक्कल राहदानी नभए पनि तोकिएकै केन्द्रमा ट्राभल डकुमेन्टका लागि आवेदन दिन सक्ने, दूतावास जानु नपर्ने व्यवस्था मिलाइएको छ।

राहदानी साथमा नभएकाले मात्रै ट्राभल डकुमेन्ट बनाउनुपर्छ। त्यसका लागि राहदानी, नागरिकता, सिभिल आईडीको फोटोकपी र चारप्रति फोटो लैजानुपर्छ।

कुनै कागज नभएकाहरूको हकमा कुवेती अध्यागमनले दिने फिंगर प्रिन्ट रिपोर्ट लिई चारप्रति पासपोर्ट साइज फोटोसहित सोही स्थानमै आवेदन दिन सकिने नेपाली दूतावासले जनाएको छ।

जिलिव हसवियाबाहेक स्थानमा बसोबास गर्ने सक्कल राहदानी नभएका कामदारले भने ट्राभल डकुमेन्ट बनाउन दूतावासै जानुपर्नेछ।

राहदानी, नागरिकता, सिभिल आईडको फोटोकपीसमेत नभएकालाई दजिजस्थित जनरल इभिडेन्स डिपार्टमेन्टबाट रिपोर्ट लिएर गएपछि मात्रै दूतावासले ट्राभल डकुमेन्ट जारी गर्नेछ।

दूतावासले जिलिव हसविया क्षेत्रमा बस्नेबाहेकका नेपालीलाई फरक–फरक समय तोकेको छ । फर्वानिया, खैतान, सुएख, रिगाई र कुवेत सिटीमा बस्नेलाई अप्रिल २५, फाहाहिल, मंगाफ र फिन्तास बस्नेलाई अप्रिल २६, ओफ्रा, अवदली, जाहरा, सालमिया र हवाली बस्नेलाई अप्रिल २७ को मिति तोकिएको छ।

यो क्षेत्रबाहेकका नेपालीलाई अप्रिल २८ देखि ३० सम्मको अवधि छुट्ट्याइएको छ। महाबुल्ला क्षेत्रका नेपालीलाई छुट्टै सूचना प्रकाशित नभएकाले दूतावासले यो दुई दिन छुट्ट्याएको हुन सक्छ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ५ : ३८ बजे

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता

पश्चिम एसियामा मिसाइल चल्दा नेपालका सडकमा असर, बिटुमिन नआउँदा रोकियो कालोपत्र

काठमाडौं- इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्धले यतिबेला पश्चिम एसियालाई

रास्वपा उपनेता पराजुली भन्छन् : अरू दलले नगरेको काम गरेका छौँ, नीति तथा कार्यक्रमले राष्ट्रलाई मार्गनिर्देशन गर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता पराजुलीले सरकारको नीति

‘पारस्परिक लाभ, सम्मान र बहुपक्षीय सहकार्यका आधारमा परराष्ट्र सम्बन्ध’

काठमाडौं- सरकारले छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ, सम्मान र

आजका समाचार : आयो नीति तथा कार्यक्रम, संसद्‌मा पुगे आठवटै अध्यादेश, सरकारलाई सर्वोच्चको धक्का र राष्ट्रपति ट्रम्प बुधबार चीन जाँदै

भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन समाधान गरिनेसरकारले भूमिहीन सुकुम्बासीको समस्यालाई दीर्घकालीन