सबै धर्मका धार्मिक गतिविधि परिवारभित्र सीमित | Khabarhub Khabarhub

सबै धर्मका धार्मिक गतिविधि परिवारभित्र सीमित


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाङ- मुसलमान समुदायले सबैभन्दा ठूलो र पवित्र पर्व रमजानमा लकडाउनले घरभित्र नमाज पढिरहेको छ ।

रमजानमा ३० दिनसम्म दिउँसो रोजा(व्रत) बस्ने र दैनिक पाँच पटक मस्जिदमा पुगेर नमाज पढिन्छ । साँझमा भने घरपरिवार र आफन्त भेला भएर खानपिन गरिन्छ ।

मुस्लिम संगठन नेपालका दाङ जिल्ला इञ्चार्ज एवम् केन्द्रीय सचिवालय सदस्य साजिदा सिद्धिकी सबैलाई रोगको संक्रमणबाट जोगिन नेपाल सरकारले लागु गरेको लकडाउनको पालना गर्दै आआफ्नो घरमा नमाज पढ्न अनुरोध गरिएको बताउँछन् ।

“हामीले कसैलाई पनि मस्जिदमा नजान र रमजानको नाममा आफन्तहरुको झुण्ड जम्मा नगर्न अनुरोध गरेका छौं ”, उनले भने, “मुस्लिम समुदायका व्यक्तिहरु पनि निकै सचेत भएको पाएको छु । अहिले कोही पनि मस्जिद जानुभएको छैन । आफन्तीहरुबीचको भेटघाट पनि रोकिएको छ ।”

स्तै घोराही बजार छेउमै रहेको अम्बिकेश्वरी मन्दिरमा अहिले कोही पनि पूजा गर्न जादैनन् । दैनिक सयौँको संख्यामा पूजाआजा र घुम्न आउने स्थल अहिले ठप्प छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमुद पोखरेलका अनुसार ‘लकडाउन’ शुरु भएपछि मन्दिरमा एक जना पनि आएका छैनन् । ‘दैनिक दर्जनौँ विवाह, ब्रतबन्ध, पास्नी, गाडी पूजा मन्दिरमा हुन्थ्यो तर अहिले सुनसान छ’, उनले भने ‘मन्दिरमै बस्दै आउनुभएका पुजारीले पूजा गर्दै आउनुभएको छ ।’

यस्तै विश्वकै अग्लो त्रिशूल भएको पाण्डवेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट दैनिक रु १० देखि २० हजारसम्म हुने आर्थिक उपार्जन हुने गरेकामा ठप्प भएको बताइएको छ । दाङमा दुई दर्जनभन्दा बढी चर्चित हिन्दू धार्मिक मठमन्दिर छन् । दाङका कतिपय धार्मिक क्षेत्रले आवतजावतमा समेत रोक लगाएका छन् ।

घोराहीस्थित बौद्ध गुम्बामा सधैँजसो दर्शन गर्न, घुम्न र दियो बाल्न आउनेहरु अहिले आउन छोडेका छन् । गुम्बामा ‘मलम’ पढ्दै आउनुभएका पुजारी कालशाङ लामाका अनुसार लकडाउन शुरु भएदेखि एक जना पनि अहिले गुम्बामा आएका छैनन् । उहाँ एक्लै गुम्बामा दैनिक दुई पटक सर्वोप्राणी हितका लागि भन्दै मलम पढ्नुहुन्छ तर सुन्ने कोही हुँदैन ।

दाङमा १२ वर्षदेखि गुम्बामा नियमित पूजाआजा हुँदै आएको छ । बुद्धधर्ममा आस्था राख्ने बौद्ध समुदायका विक्रम तामाङका अनुसार अहिले दाङमा करीब एक हजार मगर, तामाङ र गुरुङ समुदायका व्यक्तिले बुद्धधर्म मान्दै आएका छन् ।

घोराही ढिकपुरका जेसिज चौधरी पनि हिजोआज घरमै बसेर प्रार्थना गर्छन् र आफूलाई मनपरेको व्यक्तिको धार्मिक प्रवचन युट्युबमा हेर्छन् । हरेक शनिबार चर्च(मण्डली)मा पुगेर प्रार्थना गर्ने र प्रवचन सुन्ने इसाई समुदायका व्यक्ति अहिले घरमै आफ्नो धार्मिक गतिविधि गर्न थालेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ११ : ५९ बजे

एनपीएलको पहिलो खेलमै राम्रो सुरुवात भयो: करण केसी

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर

शेख हसिनाबारे भारतले भन्यो : हामी बंगलादेशको घटनाक्रमलाई नियालिरहेका छौँ

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले बंगलादेशको पूर्व प्रधानमन्त्री शेख

राजेन्द्र लिङ्देन भन्छन्ः देशलाई राजनीतिक निकास दिन सर्वपक्षीय सहमति आवश्यक

कास्की – राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

काठमाडौँ महानगरले वडा कार्यालयमार्फत संस्थागत बहाल कर उठाउने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण संघरसंस्था, बहुउद्देश्यीय भवन तथा व्यावसायिक

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

कञ्चनपुर – कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ