अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नजिक | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नजिक


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार २८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ८५ हजार १६७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ५१ हजार ५८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ३४ हजार २९७ जनामध्ये १७ हजार १३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ५ : ३४ बजे

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०