ब्राजिल भ्रमण गर्नेलाई अमेरिका भ्रमणमा प्रतिबन्ध « Khabarhub

ब्राजिल भ्रमण गर्नेलाई अमेरिका भ्रमणमा प्रतिबन्ध


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिलले हालै पुष्टि भएका भाइरसको सङ्ख्याका आधारमा रूसलाई उछिनेको छ।

पछिल्ला १४ दिनमा ब्राजिल यात्रा गरेका विदेशी नागरिकहरूलाई अमेरिकाले आफ्नो देश छिर्नमा प्रतिबन्ध लगाएको छ।

तीन लाख ६० हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएसँगै उक्त दक्षिण अमेरिकी देश हालै विश्वको दोस्रो ठूलो केन्द्र बनेको छ।

त्यहाँ २२ हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्।

यस्तो प्रतिबन्धलाई ह्वाइटहाउसकी एकजना प्रवक्ताले अमेरिकामा नयाँ सङ्क्रमण नभित्र्याउने कार्य सुनिश्चित गर्ने उपाय बताइन्।

दुई देशबीचको व्यापारमा भने यस प्रतिबन्धले असर नगर्ने बताइएको छ।

प्रतिबन्धले अमेरिकी नागरिक, उनीहरूका श्रीमान/श्रीमती, अभिभावक, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका तिनका धेरैजसो दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन।

यसअघि आइतवार ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्टो ब्राइनले यसैगरी अन्य देशहरूलाई समेत पालैपालो हेरिने बताएका थिए।

अमेरिकामा अहिले सबैभन्दा धेरै १६ लाखभन्दा बढी सङ्क्रमित पुष्टि हुनुका साथै झण्डै एक लाख मानिसहरूले ज्यान गुमाएका छन्।

यसअघि नै चीन, इरान, युरोपको सेन्जेन क्षेत्र, ब्रिटेन र रिपब्लिक अफ आयरल्याण्ड भ्रमण गर्नेहरूलाई अमेरिकामा प्रतिबन्ध लगाइएको छ।

क्यानाडा र अमेरिकाले समेत हालै दुई देशको सीमामा अत्यावश्यक बाहेकका यात्राका लागि जारी बन्द लम्ब्याउने सहमति गरेका छन्।

ब्राजिलले हालै पुष्टि भएका भाइरस सङ्क्रमितको सङ्ख्याका आधारमा रूसलाई उछिनेको थियो।

तर राष्ट्रपति जइर बोल्सोनारोले भने बारम्बार भाइरसले उत्पन्न गराएको जोखिमलाई नकार्दै आएका छन्।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ९ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार