कोरोना संक्रमण देखा परेपछि काठमाडौंको ठमेलक्षेत्र सिल « Khabarhub

कोरोना संक्रमण देखा परेपछि काठमाडौंको ठमेलक्षेत्र सिल

उपत्यकाका सयभन्दा बढी घर सिल


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालधारा अगाडि बस्ने ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि काठमाडौं महानगरपालिका वडा नम्वर–१६ को कालधारा ठमेलक्षेत्र सिल गरिएको छ ।

दुई महिनाअघि अष्टेलियाबाट आएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखा परेपछि ठमेलबाट खुशिँबु टाउनप्लानिङ निष्कने कालधारा मार्ग सिल गरिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक राजकुमार भट्टले बताए।

उनको श्रीमतीमा भने संक्रमण देखिएको छैन । वडा जनप्रतिनिधिको आग्रहपछि स्वास्थ्य परिक्षण गर्न टेकु पुगेका श्रीमान र श्रीमती मध्ये ती पुरुषमा आइतवार कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

प्रहरी निरीक्षक भट्टले भने– ती ब्यक्ति चैतको पहिलो हप्ता अष्टेलियाबाट खाडी मुलुक हुदै नेपाल आएका रहेछन् । तर, कोरोना भाइरसको संक्रमण भने यतिवेला देखिएको छ। कोरोना भाइरस संक्रमणको ‘ट्रेसिङ’ गर्ने कार्य भइरहेको छ ।

संक्रमित ब्यक्तिले पनि आफू नजिकैको तरकारी पसल र टोलको डेरी वाहेक अन्त कतै नगएको बताएको जानकारी वडा कार्यालयका प्रतिनिधिले दिएका छन्। उनमा कोरोनाको लक्षण समेत नभएको बताइएको छ ।

कालधाराको पूर्वी– उत्तरमा ठमेल र दक्षिण तिर खुशिबु टाउनप्लानिङबाट आउने सडकमार्ग बन्द गरिएको छ । संक्रमित ब्यक्ति बस्दै आएको घर र छिमेकीहरूका घर, किराना पसल र सडकमा ओहोर दोहोर गर्न निषेध गरिएको छ ।

त्यस्तै उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ ।

हालसम्म नेपालमा ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै हालसम्म ८७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ३४ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको