क्वारेन्टाइन बनाउन दशरथ रंगशालाको विकल्प खोज्न तयार छौं – एन्फा अध्यक्ष शेर्पा « Khabarhub

क्वारेन्टाइन बनाउन दशरथ रंगशालाको विकल्प खोज्न तयार छौं – एन्फा अध्यक्ष शेर्पा


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माणाधीन अवस्थाको नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालालाई क्वारेन्टाइन नबनाउने छलफल भइरहेको छ ।

काठमाडौंमा नोबेल कोरोना भाइरस (कोभिड १९) ले विराल रुप लिए त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई क्वारेन्टाइन बनाउन सकिने छलफल कै बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसको विकल्प खोज्ने तयारी गरेका छन ।

यसअघि राखेपले आफ्ना मातहतका सबै संरचना क्वारेनटाइन बनाउन सकिने बताएको थियो । तर, निर्माणधीन अवस्थामा रहेको रंगशालालाई क्वारेन्टाइन बनाउँदा त्यसले मैदानलाई असर गर्ने बारे अहिले छलफल भइरहेको एन्फा अध्यक्ष शेर्पाले बताए ।

अध्यक्ष शेर्पाले यति रंगशाला प्रयोग नै गर्नु परे त्यसको विकल्प खोज्न एन्फा तयार रहेको बताए ।

‘अहिले मैदानको काम भइरहेको छ । सकेसम्म यसलाई प्रयोग नगरौं । सिल गरेर तयार गर्नु पर्छ । यति रंगशालामा राख्नै पर्ने अवस्था आए त्यसको क्षेत्रफल हेरेर यसको विकल्प खोज्नुपर्छ, ’ शेर्पाले भने, ‘यति रंगशाला प्रयोग हुने अवस्था आयो भने त्यसको विकल्पमा व्वाइज युनियनले अभ्यास गर्ने गरेको वागमती किनार, फ्रेन्ड्स क्लबले अभ्यास गर्ने गरेको मैदान लगायतमा व्यवस्थापन गर्न सकिन्छ ।’

यसबीच काठमाडौं जिल्ला प्रशासनले तीन पटक मैैदान भिजिट गरिसकेको छ । तर, अझै क्वारेन्टाइन बनाउने वा अन्य कतै सार्ने भन्ने निश्चित नभएको शेर्पाले बताए ।

‘राखेप पनि हाम्रो कुरामा सकारात्मक छ । अहिले निर्माणको काम लकभग सकिएको अवस्थामा क्वारेन्टाइनमा परिणत गर्दा समस्या आउने शेर्पा बताउँछन् ।
बर्खा याममा पानी मैदानको घाँस हप्ता दिनमा एक फिटभन्दा बढी बढ्ने भएकाले त्यसको मेन्टेनेन्स महत्वपूर्ण रहेको उनी बताउँछन् ।

‘बर्खा याममा घाँस एकदम छिटो बढ्छ । अहिले दुई–दुई दिनमा घाँस काटिरहेको हुन्छ ।

क्वारेन्टाइन बनाउँदा मैदानको घाँस विग्रन्छ । सम्म परेको मैदानमा टेन्ट राख्दा टेन्टमा पानी छिर्छ । पानी टेन्टमा जाँन रोक्ने हो भने कुलो खन्नु पर्ने हुन सक्छ । कुलो खन्दा मैदान फेरि बनाउनँदा अनावश्यक खर्च बढ्छ,’ अध्यक्ष शेर्पाले भने ।

अहिले एन्फाका संरचनाहरुमा धरान फुटबल ऐकेडेमी क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको छ भने बुटबलको एकेडेमी आइसोलेसनका रुपमा प्रदेश सरकारले प्रयोग गरिरहेको छ । ललितपुरको एन्फा कम्प्लेक्स आवश्यक पर्दा ललितपुर महानगरले क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरि सम्झौता भइसकेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै देश लकडाउन गरेको पनि दुई महिना पुरा भइसकेको छ । अहिलेसम्म नेपालमा जम्मा ६ सय ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १० : ५० बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि

प्रधानन्यायाधीश सिफारिसमा एमालेको टिप्पणी– ‘सरकार न्यायालयलाई नियन्त्रणमा राख्न खोज्दैछ’

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संवैधानिक परिषद्को पछिल्लो निर्णय

यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक