कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु, मृत्युको ८ दिनपछिमात्र कोरोना पुष्टि | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु, मृत्युको ८ दिनपछिमात्र कोरोना पुष्टि


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मृत्यु भएका अर्का एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बारा कलैयाका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । गत जेठ ४ गते मृत्यु भएका उनको ८ दिनपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जको नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले बिरामीको भर्ना भएको घटना सुनाउँदै भने, ‘जेठ २ गते श्वासप्रश्वासका गम्भिर समस्या भएका एक बिरामीलाई ल्याइयो । अस्पतालले उनलाई तुरुन्त भेन्टिलेटरमा राखेर उपचार शुरु गर्‍यो ।’

उनले भने, ‘श्वासप्रश्वाससँग सम्बन्धि समस्या भएकाले चिकित्सकहरुले उनको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि नमूना नारायणी अस्पतालको प्रयोगशालमा पठायो । नारायणी अस्पतालले उनको नमूना शंकास्पद देखिएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा काठमाडौंमा नमूना पुन परीक्षणका लागि पठायो । कोरोना परीक्षणको रिपोर्ट आइसकेको थिएन । तर जेठ ४ गते ती पुरुषको मृत्यु भयो ।’

पुरुषको मृत्यु भएपछि अस्पतालले कोरोना परीक्षणको नतिजा नकुरेको बताउँदै उनले आफन्तकै भनाई अनुसार अस्पतालले शव आफन्तलाई बुझाएको बताए ।

मृतकका आफन्तले पनि शव बुझेर आफ्नो संस्कार अनुसार शवको अन्तेष्टि गरे । तर शबको अन्तेष्टि भएको ८ दिन पछि उनको कोरोना परीक्षणको रिपोर्ट आयो पाजेटिभ ।

‘हामीले बिरामी आउने वित्तिकै स्वाब संकलन गरेर नारायणी अस्पतालमा जेठ २ गते पठाएका थियौं,’ अन्सारीले खबरहबसँग भने, ‘काठमाडौंबाट आज रिपोर्ट पोजेटिभ आयो भने सुन्यौ, १० दिनपछि रिपोर्ट आउँछ ।’

दुईसम्ममा पनि रिपोर्ट नआएको र बिरामीके मृत्यु भएपछि कोरोना पोजेटिभ छैन भन्ने लागेर आफुहरुले शव मृतकको आफन्तलाई बुझाएको उनले बताए ।

‘दुई गते पठाएको नमूना दुईदिन सम्ममा पनि रिपोर्ट आउँदैन, बिरामीको मृत्यु भयो, बिरामीको पाजेटिभ भएको भए त रिपोर्ट चाडो आउने थियो होला भनेर रिपोर्ट समयमा नआएपछि हामीले ४ गते मृत्यु भएपछि शब आफन्तलाई बुझायौं,’ अन्सारीले भने, ‘बिरामीको हिस्ट्री कोरोना देखिने आधार पनि थिएन, त्यसैले नर्मल होला भनेर शव बुझायौं, उहाँहरुले पनि आफ्नो संस्कार अनुसार शव अन्तेष्टि गर्नुभयो ।’

अन्सराीका अनुसार मृतक पुरुष बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का स्थानीय पुरुष हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमूख जिल्ला अधिकारी ललित कुमा बस्नेतका अनुसार बारा कलैया उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीया पुरुषको जेठ ४ गते मृत्यु भएको थियो ।

उनको रिपोर्ट पोजेटिभ आएको केन्द्रीय सरकारले आज बिहान १० बजे मात्र जानकारी दिएको बस्नेतको भनाइ छ । केन्द्र सरकारबाट उनको रिपोर्ट पोजेटिभ आएको जानकारी पाएपछि अहिले मृतकको परिवार खोजी गरी कन्ट्रयाक ट्रेसिङ गर्न लागिएको बस्नेतले बताए ।

कोरोनाका कारण मृत्यु भएका चारमध्ये एक जनाको मात्र मृत्युपूर्व कोरोना पुष्टि भएको थियो। गुल्मीका शिक्षकको अन्तिम अवस्थामा पुग्दामात्र कोरोना संक्रमण भएको भेटिएका थिए।

कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो। सुत्केरी महिलाको मृत्यपछिमात्र कोरोना संक्रमण पुष्टि भएको थियो। उनको नवजात शिशुमा भने कोरोना देखिएको छैन।

नेपालगंजमा क्वारेन्टाइनमा रहेका एक युवकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो। उनले प्रारम्भीक उपचारसमेत पाउन सकेका थिएनन्।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १२ : २५ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको