बारामा कार्यरत प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

बारामा कार्यरत प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि


१२ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एकजना प्रहरी निरीक्षकमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं घर भइ जिप्रका बारामा कार्यरत २८ वर्षीय प्रहरी निरीक्षकमा संक्रमण पुष्टि भएको हो।

बाराका प्रहरी प्रमुख, एसपी कृष्ण पङ्गेनीले यसअघिकै कन्ट्याक्ट ट्रेसिङमा प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा ५० जनाको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

ती व्यक्तिकै कन्ट्याक्ट ट्रेसिङमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाराका ५ जनामा संक्रमण पुष्टि भइसकेको छ। हिजो मात्रै चार जनामा संक्रमण पुष्टि भएको थियो।

उनीहरुमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर थप प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा २८ वर्षीया प्रहरी निरिक्षकमा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढौं

बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

 

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ७ : ४५ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा