को हुन् ‘मेक्सिकन मेस्सी’ जसले ला लिगामा कीतिमान बनाए ? « Khabarhub

को हुन् ‘मेक्सिकन मेस्सी’ जसले ला लिगामा कीतिमान बनाए ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मालोर्काका लुका रोमेरोले स्पेनिस ला लिगामा कम उमेर डेब्यु गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

बुधबार राति रियल मड्रिडविरुद्ध पहिलो पटक क्लबको सिनियर टिमबाट खेल्दै डेब्यु गरेका हुन् ।

मेक्सीकोमा जन्मिएका रोमेरोले अर्जेन्टिनाको युवा टोलीबाट खेलिसकेका छन् । रोमेरो १५ वर्ष २१९ दिनमा ला लिगामा डेब्यु गर्दै कीर्तिमानी बनाएका हुन् ।

उनले यसअघिका कीर्तिमानी खेलाडी सनसोनको कीर्तिमान तोडेका हुन् । सनसोनले सेल्टा भिगाका लागि सन् १९३९–४० को सिजनमा १५ वर्ष २५५ दिनमा खेल्दै कीर्तिमान बनाएका थिए ।

रोमेरोलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले मेक्सिकन मेस्सीको उपनाम दिएका छन् । युवा खेलाडी रोमेरोको खेललाई लिएर बहस भइरहेको छ । मिडफिल्डमा खरो उत्रेका उनको खेल्ने शैली विश्व चर्चित अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीको जस्तै रहेको भन्दै उनलाई मेस्सीसँग दाँज्न थालेका छन् ।

अर्जेन्टिनाबाट उमेर समुहमा खेलिसकेका उनले रियलविरुद्ध खेल्दै सिनियर फुटबल करियरको सुरुवात गरेका छन् ।

मेक्सीकोमा जन्मिएका रोमेरोका पिता अर्जेन्टिाइन नागरिक हुन् । उनले रियलविरुद्ध अन्तिम ६ मिनेट खेल्दै कीर्तिमान बनाएका हुन् । उक्त खेलमा मालोर्का रियलसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ९ : ३० बजे

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि

हर्क भन्छन् : रास्वपालाई चाहिए दुईतिहाइ पुर्‍याइदिन्छौँ, सरकारमा जाने म्यान्डेट छैन

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम