पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमतिको मृत्युभएको छ।

जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलालका अनुसार पाटन अस्पतालमा उपचारत ५० वर्षका एकजना पुरुषको आज बिहान ७ बजे मृत्यु भएको हो ।

मृतकको स्थायी ठेगाना चितवन भएको र उनी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक थिए ।

डा गेलालका अनुसार ५ महिना अघि ती पुरुषको मिर्गौला प्रत्योपण गरिएको थियो । केही समयमा अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिक अस्पतालले कोरोना भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । कोरोनाको पुष्टि भएपछि ६ दिनअघि उनलाई नर्भिक अस्पतालबाट पाटन अस्पतालमा सारिएको थियो ।

कोरोना संक्रमितको बिहान ७ बजे मृत्यु भएको र बिहानै शव पनि व्यवस्थापन भइसककेको डा गेलालले बताए ।

‘उहाँको आज बिहान ७ बजे नै मृत्युभएको थियो । नेपाली सेनाको सहयोगमा बिहान १० बजे शव व्यवस्थापन पनि भइसक्यो,’ डा गेलालले खबरहबसँग भने, ‘ ललितपुरको राजदलगणका नेपाली सेनाले मृतकको शव पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिएको हो।’

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ३ : २५ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक