पछिल्लो २४ घण्टामा ३१२ ले जिते कोरोना संक्रमण « Khabarhub

पछिल्लो २४ घण्टामा ३१२ ले जिते कोरोना संक्रमण


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप ३१२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १९ जना महिला र  २९३ पुरुष रहेका छन् ।

कुन कुन आइसोलेनबाट कति जना डिस्चार्ज भए ?

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३१२ जना घर फर्किएका छन् । जसमा जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ पुरुष गरी ७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी, गौरिशंखर अस्पताल रौतहटबाट ३ महिला र ७७ पुरुष, अल्पाइन अस्पताल सर्लाहीबाट ६९ पुरुष, सशस्त्र प्रहरीको कोभिड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पतालबाट २ पुरुष, आइसोलेन सेन्टर खजुरा बाँकेबाट २ महिला र ४ पुरुष, बर्दियाबाट २ महिला कोरोना निको भएर घर फर्किएका छन् ।

आइसोलेन सेन्टर वनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेन सेन्टर राप्ती सोनारी बाँकेबाट १ महिला र १० पुरुष, आइसोलेन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लाइन्स डेन्टल आइसोलेन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट ३ महिला र २० पुरुष  संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।

यस्तै प्रादेशिक अस्पताल जनकपुरबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेन सेन्टर सप्तरीबाट ३ महिला र १३ पुरुष, सपही आइसोलेन सेन्टर धनुषाबाट ३ महिला र ४२ पुरुष, सिरहाबाट १ पुरुष रहेकाे प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै विहीबार थप  ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ४ : ३३ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक