विदेशमा रहेका नेपालीलाई राजेश हमालको यस्तो सन्देश « Khabarhub

विदेशमा रहेका नेपालीलाई राजेश हमालको यस्तो सन्देश


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले भिडियो सन्देशमार्फत विदेशमा रहेका नेपालीलाई आफ्नै घर (नेपाल) आउन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै स्वदेश फर्किएका आप्रवासी कामदारको पक्षमा आवाज उठाएका छन् । उनले भिडियोमार्फत भनेका छन्, ‘यो ऐक्यबद्धताका लागि जुट्ने समय हो, आउनुस् ।’

विदेशमा रहेका नेपालीलाई यहाँका नेपालीले नमस्कार गर्दै स्वागत गर्न पनि हमालले आह्वान गरेका छन् । ‘हरेक दिन हजारौं हजार हाम्रा नेपाली दाजुभाइ दिदीबैनीहरु आफ्नो घर फर्किँदैछन्, उहाँहरुलाई न्यायो स्वागत गरौं नमस्तेका साथ,’ हमाल आग्रह गर्छन् ।

कोरोना भाइरसको महामारीसँगै विदेशमा अलपत्र रहेका नेपालीलाई आफ्नो देशमा फर्काउन सरकारले पनि पहल थालेको छ । उनले समाजले पनि सम्मानका साथ विदेशबाट आएका नेपालीलाई सम्मान गर्नुपर्ने आशयको भिडियो शेयर गरेका छन् ।

‘बाटो हेरेर पर्खेर बसेका छौं हामी यहाँ, आउनुस् अब घर पर्दैन जान यहाँ त्यहाँ,’ हमालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ६ : ३५ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच