ओली-प्रचण्डबीच छलफल « Khabarhub

ओली-प्रचण्डबीच छलफल


११ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थायी कमिटी बैठकमा एकअर्काप्रति कटाक्ष गरेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ ।

बुधबार बैठकको पहिलो दिन ओली र दाहालले सरकार र पार्टीको कामकारबाहीलाई लिएर एक अर्काप्रति असन्तुष्टि र आक्रोश पोखेका थिए ।

त्यसपछि शुक्रबारसम्म बैठक स्थगित गरेका उनीहरूबीच बिहीबार छलफल भएको हो । उनीहरूबीच बैठक सञ्चालनका विषयमा छलफल भएको एक नेताले बताए ।

स्थायी कमिटी बैठकमा छलफलका लागि सात एजेण्डा तय भएका छन् ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।

विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ७ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको