काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले धनुषाको क्वारेन्टाइनमा राजु सदाले सामान्य उपचार नपाएर मर्नु मृत्यु नभएर हत्या भएको आरोप लगाएका छन् ।
विहीबार साँझ ट्वीट गर्दै उनले जनता रोगले मरिरहँदा सरकार आत्मप्रसंशामा रमाएको बताएका छन् ।
‘धनुषाको क्वारेन्टाइनमा किशोर राजु सदाले सामान्य उपचार नपाएर ज्यान गुमाइ रहँदा सरकार भने’कोभिड-१९ महामारी र हाम्रा प्रयासहरू’ पुस्तकमा आफ्नो बखान गर्न व्यस्त छ,’ उनले भनेका छन् ।
उनले उक्त घटनालाई मृत्यु नभएर हत्या भएको बताएका छन् । ‘यो मृत्य नभएर हत्या हो,’ उनले लेखेका छन्, ‘यो दु:खद घटनाले फेरी एकपटक कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखाएको छ ।’
धनुषाको क्वारेन्टाइनमा किशोर राजु सदाले सामान्य उपचार नपाएर ज्यान गुमाइ रहँदा सरकार भने’कोभिड-१९महामारी र हाम्रा प्रयासहरू’पुस्तकमा आफ्नो बखान गर्न व्यस्त छ।
यो मृत्यु होइन हत्या हो।
यो दु:खद घटनाले फेरी एकपटक कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखाएको छ।— Gagan Thapa (@thapagk) June 25, 2020
प्रतिक्रिया