कोरोना भाइरस : विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ५९ लाख संक्रमित, ६० प्रतिशत बढी निको


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए पनि ६० प्रतिशत बढी निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ८८ हजार २५४ जनामा संक्रमण देखिए छ । योसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको छ ।

यसमध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । अर्थात यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या ९७ लाख १५ हजार ९८३ छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १८२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४१ हजार ८६८ पुगेको छ । मृतक संख्या कुल संक्रमितको ४ दशमलव ०२९ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ९५४ जनाको मृत्यु भएको छ । २७ लाख ५२ हजार ३६२ जना संक्रमित भएकोमा १६ लाख ५१ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ५ हजार १५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४९ लाख ७२ हजार ८४४ पुगेको छ । त्यसमध्ये २४ लाख ७९ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८७ हजार ३५४ जनाको मृत्यु भएको छ । ३७ लाख ५० हजार ५३४ जना संक्रमित भएकोमा २६ लाख ९१ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३१ हजार ८४ जनाको मृत्यु भएको छ । ३६ लाख २४ हजार ७५१ जना संक्रमित भएकोमा २४ लाख १७ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार १४६ जनाको ज्यान गएको छ भने ८ लाख १४ हजार १६५ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ६५ हजार ३५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १६१ जनाको मृत्यु भएको छ । १५ हजार २९४ जना संक्रमित भएकोमा १० हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : २० बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई